बिहिबार, बैशाख १३, २०८१

क्षेप्यास्त्र आक्रमण समवेदनाहीनको पराकाष्ठा : नेपाल सरकार

काठमाडौ कार्तिक् २३ नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार साउदी अरेबियाको रियाद विमानस्थलमा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणको घोर निन्दा गर्दै आक्रमण बाट नेपाल सरकार दुःखित भएको उल्लेख गरिएको छ ।

 मन्त्रालयले आज जारी विज्ञप्तिमा उक्त आक्रमणलाइ ‘समवेदनाहीन’को पराकाष्ठा भन्दै नेपाल सरकार आतंकवाद र हिंसाका जुनसुकै रुप र प्रकटीकरणको सधैँ विरोधमा रहने उल्लेख गरिएको छ ।