बिहिबार, बैशाख १३, २०८१

काँग्रेका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिद्दारा पार्टी परित्याग

भक्तपुर कार्तिक १७ आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि टिकट नदिएको भन्दै भक्तपुर काँग्रेसका महासमिति सदस्य प्रवीण वनले आज पार्टी परित्याग गर्नुभएको छ । महासमिति सदस्य वनले आज जिल्ला सभापति दुर्लभ थापामार्फत सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाउनु भएको हो ।

वनले आफ्नो राजीनामापत्रमा राजीनामापत्रमा विगत लामो समय देखि पार्टीप्रति वफादार हुदै क्रियाशील हुदा पनि आफ्नो कुनै मुल्याङकन नभएको र हिजोका दिनमा काँग्रेस प्रवेश गरेका लाउकेहरुले पार्टी कब्जा गरेकोले पार्टीमा बसिराख्नुको कनै अर्थ नभएको उल्लेख गरिएको छ । यद्यपी वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त भने व्यक्त गर्नु भएको छ ।

यसैवीच कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणका क्रममा आर्थिक चलखेल गर्दै आफुलाइ टिकट नदिएको आरोप सहित रुपन्देहीका काँग्रेस नेता एवम् महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । पार्टीले टिकट नदिएपनि नेता पौडेलले प्रदेससभाको लागि उम्मेदवारी भने दर्ता गराउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।