बिहिबार, चैत्र १५, २०८०

एमाले भक्तपुरको मुख्यालयमा तालाबन्दी

अरू दललाई दिए स्वतन्त्र उम्मेदवार उठाउने कार्यकर्ताको चेतावनी

काठमाडौं कार्तिक १५, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको भन्दै विरोधमा उत्रिएका पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा एमाले भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । सम्वद्धस्रोतका अनुसार   भक्तपुर क्षेत्र नं १ का एमालेले गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी सार्वजनिकभएलगत्रै सोको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।

यसअघि वाम गठबन्धनले भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई छाड्ने र प्रदेशतर्फ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ९ख० माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको भन्दै एमाले नेता कार्यकर्ताले विरोध गरेका थिए ।

तालाबन्दीका क्रममा नेता तथा कार्यकर्ताले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं (ख)मा एमालेले कुनै हालतमा नछाड्ने र अरू दललाई दिए स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । एमालेले भक्तपुर क्षेत्र नं १ मा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिश गरेको थियो भने प्रदेशसभातर्फ (क) मा हरिशरण लामिछाने र (ख )मा रोमन शिलाकारको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।