बिहिबार, बैशाख १३, २०८१

एमालेको निर्वाचन क्षेत्र केन्द्रीत मिडिया डेक्सको स्थापना

 उम्मेवारको हकमा चुनावी माहौल बनाउँन  र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको सवालमा भइरहेका टिकाटिप्पणीलाइ समेत चिर्न कार्यादेस

 काठमाडौ कार्तिक २४, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमालेले काठमाडमौंका १० वटै निर्वाचन क्षेत्र केन्द्रीत हुने गरि विहिवार संस्थागत रुमा मिडिया डेक्सको स्थापना गरेको छ ।  मिडिया डेक्सको मुलत लक्ष्य भनेको एमाले र वाम गठबन्धनका उम्मेदवारको पक्षमा प्रचारप्रसार सहित विजयको माहौल बनाउँदै र उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्नु रहेको छ ।

नेकपा एमाले आवद्ध प्रेस चौचारी नेपालका सदस्य र क्षेत्रगतरुपमा वसोवास  गर्दै आइरहेका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुलाइ जिम्मेवारी दिईएको छ ।   मुलत प्रिण्ट टेलिभिजन र अनलाइन मिडियाका साथै समाजिक सञ्जाललाइ समेत  प्रयोग गर्दै आफ्ना उम्मेदवारको हकमा प्रचार प्रसार गर्ने तयारी एमालेको उक्त मिडिया डेक्सको रहेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र न ७ का उम्मेदवार रामवीर मान्नधर, ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य लगायतका व्यक्तिको उपस्थितीमा भएको एक कार्यक्रमकामा उक्त डेक्सको घोषणा गरिएको हो ।
डेक्सलाइ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको सवालमा अहिले भइरहेका टिकाटिप्पणीलाइ समेत चिर्न कार्यादेस दिइएको छ ।

एमालेले काठमाडौंको क्षेत्र न १, मा टिवी विरही, यसोदा अधिकारी, कालिका खड्का लागयतका जिम्मेवारी दिएको छ भने क्षेत्र न २ मा शुरोजजंग पाण्डे, राजेन्द्र फुयाल , सन्तराम विडारी , टपेन्द्रकार्की लगायतका सञ्चारकर्मी , ३ मा बसन्त रुपाखेती, बैकुण्ड भण्डारी लगायतका सञ्चारकर्मी ४ मा बालकुमार नेपाल ,५ मालोकेन्द्र केसी टंक पन्त, निर्वतमान अध्यक्ष महेन्द्र विष्ट , केपी गौतम लगायतका सञ्चारकर्मी ,६ विश्वमणि सुवेदी, प्रकास सिलवाल लगायतका सञ्चारकर्मी,  ७ मा  सागर पण्डित ,८ विजयकृष्ण श्रेष्ठ ,कृष्ण भण्डारी लगायतका सञ्चारकर्मी ,९ मा रामप्रसाद आर्चाय र १० मा रुपेश आर्चाय ,चन्द्र वाँनिया लगायतका सञ्चारकर्मीलाइ जिम्मेवारी दिईएको छ ।