शनिबार, बैशाख ८, २०८१

एमालेका उम्मेदवार र सञ्चारकर्मीवीच अन्र्तक्रिया

काठमाडौं कार्तिक १८,   आसन्न प्रतिनिधीसभा र प्रदेश निर्वाचनमा उम्मेदवारी दर्तापछि काठमाडौं क्षेत्र नं. ७, ८ र ९ का एमालेका उम्मेदवार र सञ्चारकर्मीवीच साक्षात्कार कार्यक्रमको आयोजना गरिएको छ ।

साक्षात्कारमा प्रतिनिधि सभा सदस्यमा काठमाडौं क्षेत्र नं. ७ बाट उम्मेदवारी दर्ता गराएका रामवीर मानन्धर, क्षेत्र नं. ९ बाट उम्मेदवारी दर्ता गराएका कृष्ण गोपाल श्रेष्ठ तथा क्षेत्र नं. ६ क बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका केशव स्थापित, क्षेत्र नं. ८ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राजेश शाक्य र क्षेत्र नं. ९ क बाट प्रदेश सभा सदस्यमा उम्मेदवार अजय क्रान्ती शाक्यले निर्वाचनको सवालमा आफ्नो एजेन्दा प्रस्तुत गर्नु भएको थियो ।

 काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले नेपालमा स्थिर सरकार दिन माओवादीसँग तालमेल गरी चुनावमा होमिएको र चुनाव पश्चात नेकपा एमाले र माओवादीवीच पार्टी एकीकरण अभियान सञ्चालन गर्ने बताउँदै उपत्यकामा नेवारको वर्चस्व कायम गरिराख्न नेकपा एमालेले जित्नु पर्ने दावी प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै साक्षात्कारमा  क्षेत्र नं. ६ क बाट प्रदेश सभामा उम्मेदवार रहेका पूर्व मेयर केशव स्थापितले काठमाडौंको विकासको लागि एकचित्त भएर लाग्ने बचनबद्धता प्रकट गर्नुभयो भने क्षेत्र न. ९ क बाट प्रदेश सभामा उम्मेदवार बनेका बौद्धिक व्यक्तित्व डा. अजय क्रान्ति शाक्यले काठमाडौंका जनताको जीवनस्तर उकास्न, यहाँको पुरातात्विक सम्पदाको संरक्षण गर्न, यहाँका जनताको मुहारमा खुशी ल्याउन आफूले प्रदेश सभामा उम्मेदवारी प्रस्तुत गरेको बताउनुभएको थियो ।