बिहिबार, चैत्र १५, २०८०

एकदलीय शासन व्यवस्था नेपाली जनताले कदापी स्वीकार गर्दैन :मन्त्री बस्नेत

काठमाडौ मंंसिर १३ , सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जनाउ दिदै मंसिर २१मा सम्पन्न हुने दोस्रो चरणको निर्वाचन पनि सहज, निर्भय र शान्तिपूर्ण बनाउन सहयोग गर्न राजनीतिक दल, सञ्चारकर्मी र सम्बद्ध सबैपक्षसँग अनुरोध गर्नुभएको छ ।

नेपाली काँग्रेसका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका मन्त्री बस्नेतले आज मन्त्रालयमा सञ्चारकर्मीर्सग कुराकानी गर्ने क्रममा संविधानको कार्यान्वयन चुनावको महत्वपूर्ण उद्देश्य रहेको र संविधान बनाउन दलहरुबीच एकता कायम भएजस्तै कार्यान्वयनमा पनि त्यस्तो एकता हुनुपर्नेमा विशेष जोड दिदै नेपाली जनता लोकतन्त्रको पक्षमा रहेको एकदलीय शासन व्यवस्था नेपाली जनताले कदापी स्वीकार नगर्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।