बिहिबार, बैशाख १३, २०८१

उम्मेदवार मनोनयन विरुद्ध आज दावी विरोध, आइतवार अन्तिम नामावली प्रकाशन

काठमाडौं कार्तिक् १७ , प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत विहिवार दर्ता गरिएको मनोनयन विरुद्ध आज दावी विरोध दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचन अन्र्त५ गत ४जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि १ हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ गरि ४ हजार ७०८ जनाको उम्मेदवारी मनोनयन भएको थियो ।

त्यस्तै आयोगले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यदि दावी विरोध परेको भए सोहि अनुरुप शनिबार उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको जनाउँदै कात्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ ।