बिहिबार, चैत्र १५, २०८०

उम्मेदवारको परिचय सहित नेपाः राष्ट्रिय पार्टीको घोषणापत्र सार्वजनिक

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीपद्धति पार्टीको अवधारणा रहेको

 काठमाडौ कात्तिक २१ , आसन्न निर्वाचनमा नेपाःराष्ट्रिय पार्टीको तर्फबाट चुनाव लड्ने उम्मेदवारको परिचय सहित पार्टीका् चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  नेपाः राष्ट्रिय पार्टीको तर्फबाट निर्वाचनमा अध्यक्ष विजय सैँजुले काठमाडौं जिल्ला प्रदेशसभा क्षेत्र नम्बर–७ को क बाट उम्मेदवारी दिएका छन् भने सोही जिल्लाको क्षेत्र नम्बर–८ (क)मा रामहरी रंजित, क्षेत्र नम्बर–१० को (ख)  मा विष्णु गोपालीले उम्मेदवारी दिएका छन भने काठमाडौं क्षेत्र नम्बर–९ मा खगेश रंजितकार उम्मेदवार रहेको जानकारी सहित समानुपातिकतर्फ ३१ उम्मेदवारको सूची दर्ता गराएको जनाएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘विकास र समुन्नतिको आधार विभेदरहित समाजको निर्माण भन्ने मुल नारा सहितको ’ नाराका साथ सार्वजनिक गरिएको घोषणापत्रमा मुलत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीपद्धति पार्टीको अवधारणा रहेको उल्लेख गरिएको छ ।  त्यस्तै घोषणपत्रमा प्रदेश नम्बर ३ को नामाकरण सहित नेपाल सम्वतको सरकारी कामकाजमा प्रयोग, मिश्रित अर्थतन्त्र, स्वदेशमै रोजगारको सृजना, कृषिमा आधारित उद्योगको विकास, अनिवार्य मातृभाषा शिक्षा, राष्ट्रिय सम्पदा पुनस्र्थापना, काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गर्ने उल्लेख गरिएको छ ।