बिहिबार, बैशाख १३, २०८१

उपसचिव पौडेलविरुद्ध आठ करोडको मागदावी सहित मुद्दा दायर

काठमाडौ मंसिर १२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा आज मुद्धा दायर गरिएका उपसचिवद्वयले उपसचिव यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । त्यस्तै विज्ञप्तिमा आयोगले उपसचिवद्वयमध्ये र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गरिएको छ भने अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तैगरि विज्ञप्तिमा लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्का विरुद्ध पनि जनही रु आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।