बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा दिउँसै मापसे चेकजाँच

काठमाडौ कार्तिक २१ , सवारी साधान हाँक्ने क्रममा दिउँसै मादकपदार्थ सेवन गरिएको पाइएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ । ।

सवारी चेकजाँचको क्रममा मापसे गरि दिउँसै सवारी हाक्ने सवारी चालक भेटिएपछि हुनसक्ने संभावित दुर्घटनालाइ न्यूनिकरण गर्ने लक्ष्य सहित महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि चेकजाँच र कारबाही थालेको जनाएको छ । यसअघि महाशाखाले राति ८ देखि ११ बजेसम्म मापसेको चेकजाँच गर्दै आएको थियो ।

महाशाखाले मापसे गरी सवारीसाधन चलाउने सवारीसाधनलाई सवारी चालक अनुमतिपत्र भए रु एक हजार र नभए रु दुई हजार जरिवाना सहितको कारवाही गर्दै आएको ल बताएको छ ।