बिहिबार, चैत्र १५, २०८०

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै :डिआईजी खनाल

भक्तपुर कार्तिक १७,  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको बताउनु भएको छ ।  रफत सञ्चार क्लबद्दारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सिमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएकाले ट्राफिक लाइ ब्यवस्थापन गर्ने भन्ने चुनौति बढ्दो रहेको बताउँदै उहाँले समयसिमा तोकेर सवारी सञ्चालन गर्ने तर्फ सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समेत ट्राफिक ब्यवस्थापनमा समस्या उत्पन्न भएको जनाउ सहित उहाँले  सवारीको चाप बढ्दै गर्दा सडकको उन्नोत्तरी गर्ने तर्फ ध्यान जान नसक्नुनै सवारी जाम र दुर्घटनाको कारक भन्दै उहाँले वातावरण प्रदुषण गर्ने सवारी साधनमा रोक लगाउनु पर्ने बताउनु भएको छ ।    साथै उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मापसे गरि सवारी चलाउने , लेन अनुशासन पालन नगर्ने र अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न महाशाखाले कडाइ नयाँ निति कार्यान्वयन गर्ने तयारी गरेको जानकारी समेत दिनु भएको छ ।