मङ्लबार, बैशाख ११, २०८१

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक: थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन

 निर्वाचन बिथोल्न खोज्ने कुनै पनि व्यक्ति, शक्ति र समूहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय

काठमाडौ मंसिर ५,  आसन्न निर्वाचनको मिति नगिचिदै गर्दा निर्वाचन आयोगले निर्वाचनसँग जोडिएर देशको विभिन्न भागमा हालसम्म भएका घटना र सुरक्षा चुनौतीको समीक्षा गर्दै जनताको मताधिकारलाई सुरक्षित गर्दै मतदाताले सुरक्षित ढंगले मतदान गर्न जाने वातावरण सिर्जना गर्न सबै सम्भव उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।

साथै समिक्षाको क्रममा केही छिुटफुट घटनालाई आधार मानेर समग्र सुरक्षा व्यवस्था फितलो भयो भन्न नमिल्ले निष्कर्ष सहित प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितीमा तगा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहको संयोजकत्वमा बसेका बैठकले सरकारकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गरेको सुरक्षा प्रबन्धको समीक्षा सहित निर्वाचन बिथोल्न खोज्ने कुनै पनि व्यक्ति, शक्ति र समूहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय समेत गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा सुरक्षा जनशक्ति परिचालनको सवालमा सरकारले तयार पारेको योजनालाइ प्रभावकारीरुपमा कार्यान्वयन गर्दै मतदालाइ सुरक्षाको प्रत्याभूत गराउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन राजनीतिक दल, उम्मेदवार र मतदाता एवम् सबै सरोकारवालाको सहयोग र समन्वयमा अघि बढ्ने निर्णय समेत गरेको छ ।

साथै  बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायहरुले आपसी समन्वयमा गरेका कार्यबाट आम जनताले महसुश गर्ने विश्वास व्यक्त गर्दै मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न नेपाल सरकारसँग आग्रह गर्दै उहाँले निर्वाचनको मौन अवधि शुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको उल्लेख गरिएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा रक्षा मन्त्रालयका सचिव विनोद केसी निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा । लगायत नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।