शुक्रबार, चैत्र १६, २०८०

  आयोगद्वारा बन्दसूचीको अन्तिम नामावली सार्वजनिक

 काठमाडौ मंसिर ४,   निर्वाचन आयोगले   मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेका बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नामावली आइतवार  सार्वजनिक गरेको  छ । आयोगले सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेदवार र  प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ उम्मेदवार कायम रहेका छन् ।

बन्दसूचीको अन्तिम नामावलीका लागि यहाँ क्लिक गर्नु होला ।

आयोगको विज्ञप्तिमा  उल्लेख भएअनुसार    प्रदेश नं १ मा ५७७, प्रदेश नं २ मा ८०४, प्रदेश नं ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं ५ मा ६०४, प्रदेश नं ६ मा २०६ र प्रदेश नं ७ मा २८१ उम्मेदवार कायम रहेका छन् ।  सार्वजनिक  अन्तिम   बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारमध्ये २५६ जना उम्मेदवारको नाम हटेको छ ।  यसअघि, दलहरूले २०७४ असोज २९ गते पेश गरेका उम्मेदवारको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।