बुधबार, बैशाख ५, २०८१

आज बालाचतुर्दशी, दिवंगत आफन्तको सम्झनामा सत्बीज छरिदैं

काठमाडौ मंसिर १,  बालाचर्तुदशीको अघिल्लो दिन अर्थातमार्ग कृष्ण पक्षको त्रयोदशीका दिन मृतआत्मा ले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास सहित राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीको विहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।  यसैक्रममा आज राजधानीस्थित पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 त्यसोत आजेको दिन मृतक परिवार वाहेका व्यक्ति विशेषले पनि आजको दिन सबेरै बागमती नदीमा स्नान गरी पशुपति क्षेत्रका कैलाशडाँडा, श्लेषमान्तक वन, गुह्येश्वरी, गौरीघाटलगायतका क्षेत्रमा  सत्बीज अर्थात जौ, धान, कालो तील, गहु, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्दा सुन दान गरेजति पूण्यप्राप्त हुने धार्मिक विश्वास सहित बालाचतुर्दशी पर्व मनाउँदै छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031