बिहिबार, चैत्र १५, २०८०

आज जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै

त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

 काठमाडौ मंसिर ७, आज मर्यादा पुरुषोतम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै छ । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

यसअघि महोत्सवको लागि ऋबउतगचभआज जनकपुर क्षेत्रमा विशेष सरसफाइको आयोजना गरिएको छ । सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय युवा क्लबको सहभागीता रहेको जनाईएको छ । सरसफाइ जनकपुरको प्रसिद्ध जानकी मन्दिर, जनक मन्दिर, गङ्गा सागरसहितको स्थानमा विशेष सरसफाइको गरिएको बताईएको छ ।   त्यस्तै विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती महोत्तरी जिल्लाको मटिहानी आइपुगेको छ ।

 विवाह पञ्चमी पर्वको अवसरमा जनकपुरको तिरहुतिया गाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।  विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ ।  श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना सहित पर्वलाइ धुमधामकासाथ मनाउँने तयारी भइरहेको बुझिएको छ ।

 यसैवीच विवाह पञ्चमीको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा विवाह पञ्चमीजस्ता उत्सवले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न मद्दत गरिरहेका बताउनुभएको छ । सन्देसमा उहाँले नेपाल र छिमेकी राष्ट्र भारतका नागरिकबीच नागरिक स्तरमा रहेको सांस्कृतिक सम्बन्धको कडीलाई नवीकृत र प्रगाढ बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता सुदृढ बनाउँदै नेपालका जनता र भारतका जनताबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मद्दत पुगोस् भन्ने कामना समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031