शनिबार, बैशाख ८, २०८१

आचारसहिंता विपरीतका सामग्री सम्प्रेषण नगर्न काउन्सिलको आग्रह

काठमाडौ मंसिर ६,  प्रेस काउन्सिल नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण नगर्न पत्रकार र आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ ।  काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज जारी अपिलमा कतिपय आमसञ्चार माध्यमले आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने गरेकोले निर्वाचन आचारसहिंताको प्रतिकूल हुने गरी समाचार सम्प्रेषण नगर्न पत्रकार र सञ्चारमाध्यमलाई काउन्सिलको तर्फबाट यस्तो आग्रह गर्नु भएको हो ।

 त्यस्तै जारी अपिलमा काउन्सिलले आमसञ्चार माध्यममा आचारसंहिता पालनाको अनुगमनसमेत शुरु जनाउँदै अनुगमनका क्रममा रेडियो र टेलिभिजनले समेत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, निर्वाचन आयोगले तोकेको समयसीमाभन्दा बढी विज्ञापन प्रसारण गर्ने गरेको, कतिपय पत्रपत्रिकाले तोकिएको आकारभन्दा बढीको विज्ञापन छाप्ने गरेको उल्लेख गर्नुको अलावा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत पार्टीकै कार्यकर्ताले झैँ उम्मेदवारको प्रचार गरेको पाइएको हुँदा त्यस्तो कार्य नगर्न, नगराउन र पत्रकार तथा निर्वाचन आचारसंहिताको अधिनमा रही समाचार सामग्री सम्प्रेषण आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।