शनिबार, माघ १५, २०७८

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक: पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको निष्कर्ष

काठमाडौ कात्तिक २६,  रुकुम र रोल्पाको घटना पछि आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आसन्न पहिलो चरणको निर्वाचनको क्रममा ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको सवालमा छलफल र समीक्षा गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.  आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको, बसेको समितिको बैठकमा भएको छलफल पछि शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा  सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ ।  बैठकमा उम्मेदवार केन्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले थप प्रभावकारी कार्ययोजना र प्रयासका साथ परिचालन हुनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

 बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन सुरक्षा योजना र बैठकमा सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट निर्वाचनको सुरक्षाप्रति आयोग विश्वस्त रहेको जनाउ दिनु भएको छ  ।  बैठकमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लगायतको सहभागीता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031