शुक्रबार, अशोज ५, २०८०

आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै

३२ जिल्लामा सवारी निषेध

काठमाडौ मंसिर १० आज ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि लागी हुँदै गरेको निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दैछन ।   आज प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुइटै सभाको मतपत्रको व्यवस्था आयोगले गरेको छ ।    तीनवटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् । प्रत्यक्षतर्फ दुवै सभामा १ १ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

त्यस्तै पहिलो चरण अन्र्तगत निर्वाचन हुदै गरेको ३२ जिल्लामा आज निर्वाचन आयोगले सवारीसाधन नचलाउन सार्वजनिक आह्वान गर्दै सवारीसाधन बन्द गरेको छ ।  आयोगले ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । तर मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्बाध रूपमा चल्न पाउनेछन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि निर्वाचनले कुनै बाधा पार्नेछैन

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031