शनिबार, बैशाख ८, २०८१

१० अर्वको हुलाकी राजमार्ग ठेक्कापट्टाको कमिसनका कारण महासंघअध्यक्ष गौचनको हत्या भएको पछिल्लो खुलासा

  •  निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको दिन–दहाडै राजधानीमा गोली हानी हत्या 

  •  हत्याले निर्माण व्यवसायी आक्रोशित

  •  गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बानेश्वरमा नाराबाजी सहित प्रदर्शन

  •  गौचनको हत्यापछि उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन

 काठमाडौ असोज २३,   नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनकोआज दिउँसो शान्तिनगरमा दिन–दहाडै गोली हानी हत्या गरिएको छ । घरबाट निस्केर केहिपर पुगेका गौचनमाथि गाडीको अगाडिबाट दुईजना व्यक्तिले बा.१३च ४९४८ नम्बरको ल्यान्ड क्रुजर गाडीमा गोली हानि फरार भएको थियो । गोली लागेको गौचनलाइ उपचारका लागि नयाँनेश्वरस्थित सिभिल अस्पताल लैजादा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।  प्रहरीका  अनुसार गौचलाइ ३ राउण्ड गोली प्रहार गरिएको थियो । 

गौचनको हत्यापछि उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ भने चारैतर्फका नाकाहरु ‘सिल’ गरेर चेकजाँचलाइ तिव्र बनाईएको छ ।  यसैवीच नेपाल निर्माण व्यवसायी महासंघका गौचनको हत्यापछि निर्माण व्यवसायी र आफन्तले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बानेश्वरमा नाराबाजी सहित प्रदर्शन गरेका छन् ।   नारावाजीको क्रममा निर्माण व्यवसायीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, हत्यारालाई पक्राउ गर्नुपर्ने लगायतका माग गरेका थिए ।

यसैवीच एक विशेषसूत्रका अनुसार अत्यन्त मिलनशार तथा भद्र स्वभावका व्यक्तित्वका धनी महासंघका अध्यक्ष गौचनको हत्याका सम्बन्धमा प्राप्त जानकारी अनुसार अध्यक्ष गौचनले १० अर्वको हुलाकी राजमार्ग ठेक्कापटटा मिलाइको र सो ठेक्क मिलाएबापट प्राप्त् हुने कमिसनको कुरा नमिलेका कारण आक्रोशित र आफुलाइ डन भन्ने समूहबाट गोली प्रहार गरिएको जनाएको छ ।