बिहिबार, चैत्र १५, २०८०

८८ किलो सुन बरामद प्रकरणमा तामाङ पक्राउ

 काठमाडौ असोज ३०,  प्रहरीले राजधानीको क्षेत्रपाटीबाट गत भाद्र १९ गते बा१७च ६४२७ नंको गाडी चालक मनोज अधिकारी सहित पक्राउ परेको ८८ किलो सुन प्रकरणमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । प्रस्तुत प्रकरणमा तामाङको पनि संलग्नता देखिएको भन्दै अनुसंन्धानका लागि उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज राजधानीबाट पक्राउ गरेको हो ।

 यसअघि प्रहरीले सुन काण्डमा संलग्न भएको भन्दै कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडु, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी ओटुका उल्लास दिनकर सालुखे र पशुपति सिनचाँदी खार्नी पसल ओटुका नन्दकुमार मगरलाई पक्राउ गरिसकेको छ ।