बिहिबार, बैशाख १३, २०८१

७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौ कार्तिक ८,  कात्तिक गत कार्तिक ५ गते ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भएको उम्मेदवारको मनोनयन दर्ता गरेका ८०३ जना उम्मेदवारको मनोनयन मध्ये १ सय जनाको उम्मेदवारी फिर्ता भएको र १ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आयोगले आजै निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको जनाएको छ ।