बुधबार, बैशाख १२, २०८१

५० करोड ठगी गरेको आरोपमा राजधानीबाट भुजेल पक्राउ

काठमाडौ असोज २३ ,आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ ।  स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

भाद्र १४ देखि सम्पर्कविहीन भुजेललाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंको सहयोगमा कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो ।  उनलाई कामनपा–२३ मञ्जुश्रीस्थित डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीलाइ उदृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित रहेको छ ।

प्रकाहित समाचारमा कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग लिएर बिहीबार साँझ देवी र उनका पति लक्ष्मणलाई डेराबाट पक्राउ शुक्रबारनै दम्पत्तिलाई नै पोखरा ल्याई अनुसन्धान थालेको प्रवक्ता खत्रीले जानकारी दिए । आरोपित देवीले पोखरामा जग्गाको कारोबार गर्थिन् । उनका पति लक्ष्मण थापा भने भारतीय सेनाका पेन्सनर हुन् ।