बिहिबार, चैत्र १५, २०८०

३२ जिल्लामा एमालेलाइ ५७ र माओवादीलाइ ४३ प्रतिशत सिट

 काठमाडौ कात्तिक ३ , आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको लागि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले ३२ जिल्लामा ५७ प्रतिशत एमालेलाइ र माओवादीलाइ ४३ प्रतिशतको भागवरुन्दा सहित सिट बाँडफाँट टुङ्गो लगाएका छन् ।

सिट बाँडफाँट अनुरुप एमालेलेको भागमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ, मनाङ, मुस्ताङ र म्याग्दी , बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला परेको छ ।   त्यस्तैगरि माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, लमजुङ, गोरखाका दुवै क्षेत्र, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व र पश्चिम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोट परेका छन् ।