शनिबार, बैशाख ८, २०८१

सयपत्री, मखमली र गोदावरी फूलको पर्व : तिहार नजिकिंदै गरेको सङकेत

काठमाडौं असोज ३० जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश सहित  ५ दिन सम्म मनाइने दशैँपछिको दोस्रो ठूलो पर्व तिहार आगमनको सङकेत । तिहार नजिकिंदै गर्दा विभिन्न ठाउंहरुमा ढकमक्क भएर सयपत्री, गोदावरी मखमली फूल फुलेको देख्न पाइन्छ । तिहारको समयमा माला बनाएर गलामा सजाउन सयपत्री र मखमली फूल धेरै प्रयोग भएको पाइन्छ ।