शुक्रबार, बैशाख ७, २०८१

सञ्चार माध्यममा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

 काठमाडौ असोज २३,  आजबाट राजधानीमा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक दुई दिने अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ । नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा सुरु भएको प्रस्तुत  सम्मेलनमा पत्रकार, प्राज्ञिक क्षेत्र, नीति निर्माताले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका विविध पक्षबारे छलफल गर्ने महासंघले जनाएको छ ।

व्यवस्थापिका संसद्का सम्माननीय सभामुख ओनसरी घर्तिमगरले एक कार्यक्रमकावीच  उद्घाटन गर्दै  लोकतन्त्रका विविध आयाममध्ये अभिव्यक्तिको स्वतन्त्रता एउटा मूलमन्त्र भएको बताउनु भएको छ । सम्मेलनमा पत्रकार, नीति निर्माता, प्राज्ञिक क्षेत्र, सरकारी अधिकारी, विकास साझेदार, नागिरक समुदाय लगायतको सहभागिता हुनेछ । कार्यक्रममा भारत, ब‌ंगलादेश, पाकिस्तान लगायतका देशका पत्रकार तथा विज्ञ सहभागी रहेका छन ।

लोकतान्त्रिक व्यवस्थामा मात्रै लख्ने स्वतन्त्रता र सबैका आवाजले स्थान पाउन सक्ने भन्दै त्यसलाई प्रवर्द्धन गर्न मिडिया सम्नेलनको आयोजना गरिएको बताउँदै महासंघका अध्यक्ष गोविन्द आचार्यले सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल गरिने जानकारी दिनु भएको छ ।  त्यस्तै इन्टरनेशनल अलर्टका नेपालका प्रतिनिधि रविना श्रेष्ठले सम्मेलनले पत्रकारले सामना गरेका सुरक्षा चुनौतीलाई घटाउन, प्रेस स्वतन्त्रता र विविधताका लागि सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सम्मेलनले अभिव्यक्तिको अधिकार सहित नेपालमा सञ्चार माध्यममा स्वतन्त्रताको प्रवर्द्धनु गर्ने बताउँनु भयो ।   त्यस्तै सम्मेलनलाइ वरिष्ठ पत्रकार किशोर नेपाल प्रा पी खरेलले लगायतका वक्ताको समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30