बुधबार, बैशाख १२, २०८१

संगीत साधक नकर्मीलाइ दान्य-हिरा लाइफटाइम एचिभ्मेन्ट अवार्ड

 ललितपुर असोज ३०, विगत १४ वर्षदेखि निरन्तर रुपमा नेपाल भाषा साहित्य एवं संगित क्षेत्रमा प्रतिष्ठित पुरस्कारको रुपमा ग्रहण गरिदै आएको दान्य हिरा सिरपा आज ललितपुरमा एक कार्यक्रमकावीच आइतवारसमर्पण गरिएको छ ।

प्रत्येक दुई वर्षको अन्तरालमा वितरण गरिने यो पुरस्कार वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमम नेपालभाषा संगीत क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका काठमाडौं बलम्बु निवासी संगीत साधक भीम बहादुर नकर्मी लाई “दान्य-हिरा लाइफटाइम एचिभ्मेन्ट अवार्ड सहित नगद पचास हजार र सम्मान पत्र प्रदान गरियो थियो ।   त्यस्तै नेपालभाषा संगीत क्षेत्रको तीन विधा अन्तर्गत गीतकार काजीराज शाक्य, संगीतकार बिरेन शाक्य र गायकमा ईश्वर अमात्यलाई जनही १० हजार र सम्मानपत्रद्वारा सम्मानित गरिएको उक्त प्रस्तुत कार्यक्रममा कथाकार यज्ञरत्न धाख्वाःको १२ वटा कथा संग्रहित “हारां मैचा” पनि विमोचन समेत गरिएको थियो ।