बिहिबार, चैत्र १५, २०८०

शीर्षनेताको चुनावी क्षेत्र सहित काठमाडौंको १० क्षेत्रमा लोकतान्त्रिक योद्धाको टुंगो लाग्यो

काठमाडौ कार्तिक ११, नेपाली कांग्रेसले आसन्न दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री सशांक कोइरालालाइ नवलपुर १ बाट निर्वाचन उम्मेदवार बनाउँने नितिगत निर्णय गरेको छ ।

त्यस्तै १० वटा निर्वाचन क्षेत्र रहेको राजधानीको निर्वाचन क्षेत्र न १ मा पूर्व महामन्त्री एवम् प्रभावशाली नेता प्रकाशमान सिंह क्षेत्र ४ मा युवा नेता गगन थापा क्षेत्र ५ प्रकाशशरण महत क्षेत्र न ८ मा नविन्द्रराज जोशी र क्षेत्र २, ३, ६, ७, ९ र १० मा क्रमस दीपक कुइँकेल,  अम्बिका बस्नेत , वहालवाला रक्षामन्त्री मिभसेनदास प्रधान , काठमाडौं काँग्रेस सभापति सवुज बाँनिया, ध्यानगोविन्द रञ्जित र  राजेन्द्र केसीलाइ चुनावी मैदानमा उत्राने तयारी भएको कांग्रेस कांग्रेस संसदीय समिति स्रोतले बताएको छ ।

कांग्रेस संसदीय समितिका अनुसार , पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छदार सुनसरी ३, नेता गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, महेश आचार्य मोरङ ४ र शेखर कोइराला मोरङ ६ बाट उम्मेदवार बन्ने निर्णय गरेको छ । यसैगरी, मिनेन्द्र रिजाल मोरङ २, रमेश रिजाल पर्सा ४, एनपी साउद कन्चनपुर २, रमेश लेखक कन्चनपुर ३, गगन थापा काठमाडौं ४, काठमाडौं ५, काठमाडौं ८, नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २, अर्जुन जोशी पर्वत र फर्मुल्ला मन्सुर बारा ३ बाट उम्मेदवार बन्ने संसदीय समितिले निर्णय गरेको छ ।