शुक्रबार, चैत्र १६, २०८०

शनिवार बस्ने व्यवस्थापिका संसदको अन्तिम र विशेष बैठकसंगै ५ सय ९२ सांसदलाइ विदाइ गरिने

  • संसदको अन्तिम र विशेष बैठकलाइ शीर्ष नेताहरुले सम्बोधन गर्ने

  •  सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने कार्यक्रम

  • प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक र  भाषा आयोग विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित

 काठमाडौ असोज २७ ,     आज अपरान्ह बस्ने व्यवस्थापिका संसद बैठक अन्तिम बैठक भनिएपनि शनिवार व्यवस्थापिका संसदको अन्तिम विशेष बैठक हुने भएको छ । सभामुख ओनसरी घर्तीले शनिबार दिउँसो संसदको अन्तिम तथा विशेष बैठक बोलाएकी छिन् । सभामुख घर्तीले सार्वजनिक विदाको दिन संसद बैठक बस्ने प्रचलन नभएपनि सार्वजनिक विदाको दिन संसदको अन्तिम तथा विशेष बैठक आव्हान गर्नु भएको हो । संसद सचिवाल स्रेतका अनुसार संसदको विशेष बैठकमा शीर्ष नेताहरुले सम्बोधन वाँकी रहेको भन्दै सभामुखले बैठक वोलाउँनु भएको बुझिएको छ ।

 स्मरण रहोस निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकेको छ ।  यसैवीच ५ सय ९२ सांसदहरुलाई संसद सचिवालयले बाटो खर्च सहित बिदाइ गरिने र यसवीचमानै सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको बुझिएको छ । त्यसलगत्तै ३ बजे बस्ने संसदको अन्तिम बैठकलाई शीर्ष नेताहरुसँगै सभामुखले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।   यसैवीच आज बसेको संसद बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ तथा ‘भाषा आयोग विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ ।