बिहिबार, बैशाख १३, २०८१

लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान

काठमाडौ असोज १९,  नेपाली काँग्रेस काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ ।

त्यस्तै बैठकले संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरू त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नभएको ठहर सहित यस्तो आव्हान गर्ने निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता रहेको थियो । थियो ।