शुक्रबार, चैत्र १६, २०८०

राप्रपा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने

काठमाडौं असोज २३ ,   राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हनुको अलावा उपप्रधान एवं गृह मन्त्रालय पाउँने हो भने सरकारमा समेत जाने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता भुवन पाठकले सरकारमा जाने विषयमा बैठकमा गम्भीर छलफल भएको बताउँदै सहमतिबाट राप्रपा सरकारमा जाने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यसैगरी बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रमा अध्यक्ष थापा र जिल्लामा जिल्ला अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।