बुधबार, बैशाख १२, २०८१

यस्तो छ काँग्रेस नेतृत्वको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदल

काठमाडौ असोज २०, नेपाली काँग्रेसको नेतृत्वमा बनेको छ दलीय बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ । सत्तासाझेदार दल माओवादी केन्द्र र प्रतिपक्षी दलएमालेवीचवाम एकताको नाममा भएको कार्यगत एकता संगै काँग्रेसले आफ्नो नेतृत्वमा आसन्न निर्वाचनलाइ लक्षित गर्दै लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन सहितको  कार्यदल गठन गरेको थियो ।

लोकतान्त्रिक गठबन्धनलाइ वामगठबन्धनको तुलनामा थप मजवुत बनाउँन भन्दै सोको लागि आवश्यक रणनिती तय गर्न गठबन्धनमा सहभागी दलमध्ये यसअघि भएको निर्णय अनुरुप काँग्रेसका तर्फबाट कार्यदलमा नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकको तर्फबाट विक्रम पाण्डे र संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन । कार्यदल सम्वद्ध सदस्यका अनुसार आज बस्ने बैठकले थप निति तय गर्ने तयारी गरेको थाह भएको छ ।