बिहिबार, बैशाख १३, २०८१

म्हैपी गोलीकाण्ड प्रकरणका ४ अभियुक्त पक्राउ

 केटीलाइ जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको खुलासा 

काठमाडौ कात्तिक ५,  प्रहरीले आज बिहान म्हैपीमा भएको गोलीकाण्ड प्रकरण अन्र्तगत गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली प्रहार गर्ने ४ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गोली काण्डको सवालमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र शाही र सविना पाण्डेलाई गुरुङमाथि गोली प्रहार गरेको अभियोगमा   पक्राउ गरेको जानकारी दिएको छ ।

साथै सविना नामकी केटीलाइ जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको जनाउ दिदै परिसरका प्रमुख धानुकले घटना विवरण अनुसार  ठमेलस्थित डिस्कोमा कल्याणले सविनालाइ जिस्काउँदै सविनालाई पिछा गरेपछि सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न जानकारी दिनु भएको छ ।