बुधबार, बैशाख १२, २०८१

म्हैपीमा अज्ञात समूहले चलाएको गोली लागेर गुरुङ घाइते

काठमाडौ कार्तिक ५,  महानगरीय प्रहरी परिसर काठमाडौले आज म्हैपीमा आज बिहान अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएको जनाएको छ ।
प्रहरीका अनुसार बिहान ४ बजेतिर म्हैपी मन्दिर परिसर नजिक चलेको खुट्टामा गोली लागेर घाइते भएका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै किन र कसले र केका लागि गोली चलाएको हो सोको अनुसन्धान सहित शंकास्पद एक महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।