बिहिबार, बैशाख १३, २०८१

महामन्त्री डा.कोइराला सहित नवलपरासीबाट १७२ जनाको नाम सिफारिस

नवलपरासी असोज २४ ,  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि नवलपरासीको पूर्व बर्दघाट–सुस्ताको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । महामन्त्री डा कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।   सरल एवम सिधा कुरा र प्रष्ट विचारका धनी व्यक्तित्व तथा बिपी पुत्र डा कोइरालालाई भएकै कारण डा कोइराला काँग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिनुहुन्छ ।

यसैबीच नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट पार्टीका काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका देवेन्द्रराज कँडेल सर्वसम्मत् रुपमा सिफारिस हुनु भएको छ भने प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नवलपरासी काँग्रेसले जनाएको छ ।

 स्मरण रहोस पूर्व र पश्चिममा दुई–दुई गरी ४ निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ ४वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी ८ निर्वाचन क्षेत्र रहेका छन् ।