शुक्रबार, चैत्र १६, २०८०

मतपत्रसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्चको निर्णय

काठमाडौ कार्तिक १,  राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गर्नु भएको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको छ ।

नेता शुक्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई गत असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट दायर गर्नु भएको थियो ।