शुक्रबार, चैत्र १६, २०८०

भ्रष्टाचारविरुद्ध विद्युतीय मुद्राको अवधारणा सहित सांसद गुरुङद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ असोज २३,  नेपाली कांग्रेसका सासंद धनराज गुरुङले सासंदद्धय बद्रीप्रसाद पाण्डे र जीवन परियारको समर्थमा आज संसद् सचिवालयमा भ्रष्टाचार रोक्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ ।  दर्ता गराईएको प्रस्तावमा सासंद गुरुङले आगामी दुई वर्षभित्र मुलुकको समृृद्धिको मार्गमा बाधक हुँदै आएको भ्रष्टाचार र यसको सञ्जाललाइ विद्युतीय मुद्राले विस्थापन गर्न आवश्यक रहेको जिकिर गर्नुभएको छ ।

त्यस्तै भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले विस्थापन गर्नुको विकल्प नभएको भन्दै सासंद गुरुङले मुलुकको नेतृत्व गर्छु भन्ने राजनीति गर्ने नेताहरु पदमा पुगेपछि कमिशनको चक्करमा पर्ने, कर्मचारीतन्त्र कमिशनको सेटिङ्गमा र भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायको प्रभावकारी गतिशिलताको अभावका साथै राजनीतिक पार्टीहरुले ठूला–ठूला भ्रष्टाचारका मुद्दाहरुमा मौनता साँध्ने प्रवृति रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै उहाँले प्रस्तावमा ठूला भनाउँदा व्यापारीले गर्दै आएको कर छली र नक्कली भ्याटबिल जस्ता प्रकरणले राज्यलाइ हदैसम्म भ्रष्टाचारको दलदलमा ढसाएकाले यसको विकल्प भनेको विद्युतीय मुद्रा भएको उल्लेख गरिएको छ । साथै विद्युतीय मुद्राले व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने र भ्रष्टाचार नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना हुने उल्लेख गर्नुभएको छ ।