शुक्रबार, चैत्र १६, २०८०

भैरहवाका व्यापारी यादव काँग्रेसमा

 नवलपरासी असोज १७ ,  रुपन्देही जिल्लाका टप व्यापारी एवंम् समाजसेवी प्रमोद यादव नेपाली काँग्रेसमा प्रबेश गरेपछि यसले राष्ट्रिय राजनितिमा चर्चा पाएको छ । यादवलाई पार्टी प्रवेश गराउन प्रधानमन्त्री एवंम् पार्टी सभापति शेर बहादुर देउवा सहित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा.शशाकं कोईराला लगायतका दर्जन बढी नेता एकैपटक सोमबार रुपन्देही आएपछि यसले राष्ट्रिय राजनितिमा चर्चा पाएको हो ।

 युवा व्यवसायी यादवले विभिन्न पार्टीले आ आफ्नो पार्टीमा प्रबेश गर्न आग्रह गरिरहेको बेला नेपाली काँग्रेसले मात्र मुलुकमा विकासको मार्ग पहिल्याउन् सक्ने डहर सहित आफु काँग्रेसमा प्रवेश गरेको त्यस अवसरमा बताए ।

पार्टी प्रवेससंगै अव सक्रियरुपमा यादव राष्ट्रिय राजनितिमा पर्दापण गर्दै आसन्न प्रतिनिधि सभाको सदस्यमा रुपन्देही जिल्लाबाटै निर्वाचन लडने पक्का पक्की भएको छ ।   यादवलाई पार्टी प्रबेश गराउँद्र प्रधानमन्त्री समेत रहनु भएको काँग्रेस सभापति देउवाले यादवलाई पार्टीले थप जिम्मेवारी दिने उद्घोष गर्नुभएको थियो ।