शुक्रबार, बैशाख १४, २०८१

प्रम देउवाद्दारा मन्त्रिपरिषदमा हेरफेर, माओवादीका मन्त्रीहरु विनाविभागीय

 काठमाडौ असोज ३१,  प्रधानमन्त्री शेरबहादुर देउवाले आफु नेतृत्वको ६४ सदस्यीय मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गर्दै यसअघिका सत्ता साझेदार माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज कार्य विभाजनमा हेरफेर गर्नु भएको सूची अनुसार उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । त्यस्तै
राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने राज्यमन्त्रीमा कुन्तीकुमारी शाही ९शहरी विकास०, भास्कर भद्रा(ऊर्जा), सुशीलकुमार श्रेष्ठ (आपूर्ति) र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैँले राख्नु भएको छ ।