शनिबार, बैशाख ८, २०८१

प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीच प्रष्ट धुव्रीकरणमा आश्र्चय भन्दा खुसी मान्नुपर्छ : नेता कोइराला

 काठमाडौं असोज १७,  नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले ढिलै भएपनि प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीच प्रष्ट धुव्रीकरण हुन लागेकोले आश्र्चय भन्दा पनि खुसी मान्नुपर्ने बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो अभिव्यक्ति दिनु भएको हो ।  कुराकानीको क्रममा नेता कोइरालाले भने ‘दुईदलबीच एकताको लागि लामो समयअघिदेखि पनि प्रयास भइरहेको भन्दै त्यो स्वभाविक नै हो नयाँ कुरा नभएको बताए ।

त्यस्तै काँग्रेु नेता प्रकाशशरण महतले पनि माओवादीको एक खेमा अझैपनि कांग्रेससँगैको सहकार्यमा जानु पर्ने अडानमा रहेको बताउँदै एमालेले कांग्रेस र माओवादीको गठबन्धनबाट अत्तालिदै गठबन्धन भत्काउन एकताको पासा फयाकेको आरोप लगाएका छन ।

स्मरण रहोस: एमालेले वाम तालमेल र एकीकरणको लागि भन्दै माओवादीकेन्द्रसंग सके पार्टी एकता गर्ने, नभए चुनावी सहकार्य गर्ने सवालमा आइतबार बसेको स्थायी समिति बैठकबाटै यसको लागि पहल गर्ने निर्णय लिएको थियो ।