शुक्रबार, बैशाख ७, २०८१

पूर्व राजा ज्ञानेन्द्रबाट शनिवार अभिव्यक्त अभिव्यक्तिको महासंघद्दारा स्वागत

राजाको अभिव्यक्तिको मार्मिकतालाइ मनन गर्दै राष्ट्रियता र राष्ट्रवादका लागि एक भएर उठ्न महासंघको आव्हान

 काठमाडौ कार्तिक ६ ,  विश्व हिन्दू महासंघका अन्र्तराष्ट्रियले आज एक विज्ञप्ति जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार दिएको वक्तव्यको स्वागत गर्दै पूर्व राजाको उक्त अभिव्यक्ति मुलुकको राजनिती अनुकल एवम् समयसापेक्ष भएको जनाएको छ । महासंघका अध्यक्ष तथा मानार्थ शाही पाश्वती जनरल भरत केशर सिंहद्दारा जारी  उक्त विज्ञप्तिमा मुलुकको नेतृत्वविहीन अवस्था राजनैतिक खिचातानी र बढ्दो भष्टाचार संगै हत्या हिंसा जस्ता यावत अराजकताको पराकाष्ठाका कारण मुलुक जर्जर भएको अवस्थामा राजाबाट

अभिव्यक्त अभिव्यक्ति आम राष्ट्रवादी नेपालीको लागि सञ्जिवनी बुटी सावित भएको उल्लेख गरिएको छ ।

त्यस्तै निहित स्वार्थका लागि धर्म संस्कृति परम्परागत मूल्य मान्यतालाइ समाप्त पार्दै राष्ट्रिय स्वाधिनतानै खतरामा परेको अवस्थामा हिन्दू सम्राट श्री ५ ज्ञानेन्द्रबाट वक्स भएको अभिव्यक्तिको मार्मिकतालाइ मनन गर्दै राष्ट्रियता र राष्ट्रवादका लागि जनताहरु एक भएर उठ्न महासंघको तर्फबाट आव्हान समेत गरिएको छ ।  साथै विज्ञप्तिमा वडा महाराजधिराज पृथ्वीनारायण शाहको अथक प्रयासबाट एकिकरण भएको मुलुकलाइ सवल र सक्षम बनाउँदै मुलुक र मुलुकको अस्मितालाए अक्षुण राख्न एकजुट हुँदै अगाडि बढ्नुको अव विकल्प नभएको समेत जिकिर गरिएको छ ।

स्मरण रहोस:  गत शनिवार पूर्व राजा शाहले जनताले चाहेको खण्डमा आफू मुलुकको नेतृत्व लिन तयार रहेको भन्ने अभिव्यक्ति दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30