शनिबार, बैशाख ८, २०८१

नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् : राष्ट्रपति भण्डारी

 काठमाडौ कात्तिक ३ , राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३८ को पावन अवसरमा नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना अभिव्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल संवत् ११३८ को अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभ दिपावली तथां नेपाल संवत् ११३८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगलिक विविधताले भरिपूर्ण नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गर्नुभएको छ