शनिबार, बैशाख ८, २०८१

नेपाली चलचित्र जगतकी ‘आमा’ चैत्यदेवी सम्मानीत

 काठमाडौं कार्तिक १४, नेवाः फिल्म सोसाईटीबाट काठमाडौंमा आयोजित दुइ दिने चलचित्र महोत्सव ‘ल्ँक् संकिपा नखः’ कार्यक्रमको समापनको अवसरमा नेपाली चलचित्र जगतकी आमा भनेर चिनिने, नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निर्वाह गर्ने कलाकार चैत्यदेवी सिंह र वरिष्ठ हाँस्य कलाकर्मी मदनकृष्ण श्रेष्ठलाइ पर्नि ल्ँक् संकिपा सम्मान ११३७ बाट सम्मानित गरिएको छ ।
सम्मानित व्यक्तित्वद्वयलाई सम्मान पत्र र करुणामयको रथको ढाँचामा निर्माण गरिएको सम्मान चिह्न सहित सम्मान गरिएको हो । वरिष्ठ गायक प्रेमध्वज प्रधान र जनगायक भृगुराम श्रेष्ठले सम्मानित व्यक्तित्वलाई सम्मान पत्र र सम्मान चिह्न हस्तान्तरण गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।   कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार सम्मानीत व्यक्तित्वको तर्फबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

त्यस्तै दुइ दिने चलचित्र महोत्सवमा लघु एवम् फिचर गरी जम्मा ८ वटा चलचित्र प्रदर्शन गरीएको थियो । क्यान्सरका कारण स्वर्गीय भएका कलाकार रामशेखर नकःमिलाई श्रद्धान्जलि स्वरुप उनैबाट निर्देशित पःखाः चलचित्र भने विशेष प्रदर्शनीको रुपमा प्रदर्शन गरिएको थियो । अन्य ७ चलचित्र मध्ये दर्शकको भोटको आधारमा नेपाल सांस्कृतिक उत्थान परिषदको व्यानरमा निर्मित चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको थियो ।सोसाईटीका अध्यक्ष लुःजः सिंहले गत वर्ष भने उत्सवको रुपमा आयोजना भएको कार्यक्रमलाई यस वर्ष महोत्सवको रुपमा मनाइएको अभिव्यक्ति सहित सोसाईटीले नेवाः कलाकारको डाइरेक्टरी प्रकाशन गर्ने घोषणा गर्नुभएको छ।