बुधबार, बैशाख ५, २०८१

नवनियुक्त न्यायाधीशत्रयको शपथ

 काठमाडौं, असोज २४ , राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतका ३ नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालयमा मंगलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

न्यायपरिषद्को गत भदौ २९ गते बसेको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।  समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका न्यायाधीशको उपस्थिति रहनु भएको  सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । फोटो: राष्ट्रपतिको कार्यालय

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30