शनिबार, बैशाख ८, २०८१

धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम, रामचन्द्र मन्दिरमा इ–पूजा

काठमाडौ कार्तिक ११, राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिको अगुवाइमा नेपालमा नै पहिलो पटक इ–पूजाको शुभारम्भ गरेको छ ।  शुक्रवार एक कार्यक्रमकावीच मन्त्रिपरिषद्का पूर्वाअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयामको विकास गरेको छ ।

इ–पूजाका शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवध्वज राणा ,समितिका सदस्य सचिव डा गोविन्द टण्डन लगायतले रामचन्द्र मन्दिरको विशेषता इ पूजाको महत्व माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै कार्यक्रममा अनलाइनबाट मन्दिरको वेबसाइट मा गएर पूजाका लागि फाराम भर्दै भुक्तानी गरी रु ५०१ देखि रु एक लाख ११ हजार १११ सम्मको विशेष पूजा गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिईएको थियो ।

व्यवस्थापन समितिले इ–पूजाको लागि प्रस्तुत www.ramepuja.org वेवसाइट विकास गरेको छ ।