शुक्रबार, बैशाख ७, २०८१

देवी लक्ष्मीको स्वागतार्थ बनाइएको रंङगोली अष्टमण्डप

 काठमाडौं कार्तिक २ , यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइदै छ । आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सर सफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोकामा आकर्षक रंङगोलीको अष्टमण्डप सहित महालक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे  माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिनेगर्ने गरिन्छ ।  शव्दचित्र:  स्वस्तीका झा

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30