बिहिबार, बैशाख १३, २०८१

त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

पछिल्लो अपडेट:
काठमाडौ कार्तिक ११, पृथ्वी राजमार्गअन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।   सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको गरेको ना ६ ख १४६७ नम्बरको यात्रुबाहक बस बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा खसेको छ ।

प्रहरीका अनुसार उक्तयात्रुबाहक बसमा कति यात्रु थिए भन्ने पनि एकीन जानकारी नभएपनि उद्दारको क्रममा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले १९ जना यात्रुको शव निकालेको पछिल्लो जानकारी प्राप्त् भएको छ । यसअघि १६ जना घाइतेको उद्दार गरिएको प्रहरीले जनाएको छ ।  त्यस्तै नदी गहिरो भएको र बस खोंचमा झरेका कारण उद्धार कार्य कठिन भएको जनाउँदै घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।