बिहिबार, चैत्र १५, २०८०

तीन कम्युनिष्ट घटकवीच तुनावी तालमेलका लागि संयुक्त एकता संयोजन समिति गठन

प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति,
संयोजन समितिको प्रमुख नेताको जिम्मेवारी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाइ

काठमाडौ असोज १७,  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा  वाम एकताको लागि भन्दै नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीवीच संयुक्त एकता संयोजन समिति गठन भएको छ । गठित संयोजन समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहने बताईएको छ । त्यस्तै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति समेत भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष केपी

ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् भने साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ । त्यस्तै  पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाइ जिम्मेवारी दिईएको छ ।

संयोजना समिति घोषणासभालाइ सम्बोधन गर्दै नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, आरोप–प्रत्यारोप र एकताको शृंखलामा नयाँ अध्याय थप्दै अब इमान्दाररुपमा एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई स्थायित्व र जनचाहना सहितको कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।