बुधबार, बैशाख १२, २०८१

चुनावी तालेमेलको लागि माओवादीलाइ एमालेको ६० / ४० भागबण्डाको प्रस्ताव

तालमेलको निर्णायक वार्ता गर्न अध्यक्ष दाहालको संयोजकत्वमा वार्ता समिति गठन

काठमाडौं असोज १६, आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नगिच आउँदै गर्दा दलहरुवीच सहकार्य र कार्यगत एकताको चर्चाले पनि त्यतिकै व्यापकता पाउँन थालेका छन । आइतवार बसेको एमालेको अनौपचारिक स्थायी समितिको बैठकले आसन्न चुनावमा नेकपा माओवादी केन्द्रसंग सहकार्य गर्ने विषयमा छलफल चलाएपछि मुलुकको राजनैतिक वृत एकाएक तरङगीत भएको छ ।

एमालेले माओवादी केन्द्रसंग चुनावी तालमेलको चर्चा उठानगरेसंगै माओवादी केन्द्रको आज पेरिस डाँडामा बसेको पार्टी सचिवालयको बैठकमा शीर्ष नेताहरुमध्ये एकथरि नेताहरु वामपन्थी एक भएर जाने भन्ने पक्षमा छन् भने अर्कोथरि नेताहरु कांग्रेससँगको सहकार्य तोड्न नहुँने पक्षमा उभिएका छन । तर तर पार्टी अध्यक्ष प्रचण्ड भने यसबारे अहिले मौन देखिएका छन् । उनी जो सँग तालमेल गर्दा पार्टीलाई फाईदा हुन्छ त्यही दलसँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा रहेको बताइएपनि अध्यक्ष पचण्डको भित्री चाहना भने वाम एकताको लागि एमाले संगै तालेमेल गर्नुपर्नेमा रहेको स्रोतको दावी रहेको छ ।

त्यस्तै स्रोतका अनुसार तालेमेल भएपनि कसरी र कुन आधारमा गर्नेहो प्रारम्भिक कुनै नितिगत छलफल समेत नभएको अवस्थामा काँग्रेस संगको सहकार्य तोड्दै एमालेसंग माओवादी केन्द्रको चुनावी कार्यगत एकता हुन्छ भन्ने हाम्रो जिज्ञासामा सम्वद्ध स्रोतले एमाले माओवादी सहकार्यको संभावना अधिक रहेको जनाउ दिएलगत्तै आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन र पार्टीगत सहकार्यको विषयमा केन्द्रीत माओवादी केन्द्रको सचिवालयको बैठकले
निर्वाचनमा वाम एकताको लागि एमालेसँगको तालमेलको पहल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सम्मिलित समिति नै गठन गरेको छ ।

कांग्रेससँगको सहकार्य तोड्न नहुँने पक्षमा बैठकमा चर्को बहस भएपनि विचार र सिद्धान्तका आधारमा अन्य दलसँगभन्दा एमालेसँग नै तालमेल गर्नुपर्ने आवाज बुलन्द भएपछि र एमालेको तर्फबाट निर्वाचनको लागि ६० र ४० को भागबण्डा सहितको प्रस्ताव आएपछि बैठकले अध्यक्ष दाहालको संयोजकत्वमा वार्ता समिति गठन गर्दै चुनावी तालमेलको लागि एमालेसँग निर्णायक वार्ता गर्न नितिगत निर्णय गरेको बुझिएको छ ।  यद्यपी यि दई दलवीच चुनावी कार्यगत एकता भए आसन्न निर्वाचनमा प्रजातान्त्रिक शक्ति र वाम शक्तिवीच तिव्र प्रतिप्रर्धा हुने प्राय निश्चित रहेको छ यदि काँग्रेससंग माओवादी उभिए एमाले भने पत्तासाफ हुँनेमा कुनै शंका नरहेको दावी राजनैतिक विश्लेषहकहरुले गरेका छन ।