मङ्लबार, चैत्र ६, २०८०

चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौं कार्तिक ६,   समग्र चिकित्सा शिक्षामा सुधारको माग गर्दै १४ पटकसम्म अनशन बसेका प्राडा गोविन्द केसीसँगको सहमति अनुसार आज सरकारले चिकित्सा शिक्षा अध्यादेश जारी गरेको छ ।  जारी अध्यादेश अनुसार काठमाडौं उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन भने कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने छैनन् ।

त्यस्तै, सरकारी वा सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत छात्रवृत्ति दिनु पर्ने छ भने मेडिकल कलेज सञ्चालनमा आएको तीन वर्षभित्र आफ्नै अस्पताल हुनुपर्ने प्रावधानको व्यवस्था गरिएको छ ।

स्मरण रहोस प्रस्तुत जारी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन सरह लागू हुने छ । आसन्न निर्वाचन पछि गठन हुने संसद पारित गराउँनु पर्ने हुन्छ यलि संसदबाट पारित नभए वा संसद सुरु भएको दुई महिनासम्म पनि पेश नभए त्यो अध्यादेश स्वतः खारेज हुने संवैधानिक प्रवधान रहेको छ ।