बिहिबार, चैत्र १५, २०८०

गृहमन्त्रालयको थप जिम्मेवारी सम्हाल्ने तयारीमा कांँग्रेसका प्रभावशाली नेता बस्नेत

काठमाडौं कार्तिक ७,  प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज ३१ गते नेतृत्वको ६४ सदस्यीय मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गर्दै गर्नु भएको कार्यविभाजनपछि आफैसंग राख्नु भएको गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गर्नु भएको छ ।

समाचार स्रोतका अनुसार प्रम देउवाले गृह मन्त्रालयको जिम्मेवारी कांँग्रेसका प्रभावशाली नेता तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाइ त्यस्तैगरि परराष्ट्र मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाइ दिने तयारी गर्नु भएको थाहा भएको छ । त्यस्तैगरि पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी केहि दिनमानै हस्तान्तरण गर्ने योजना समेत रहेको बुझिएको छ ।

स्मरण रहोस , रहोस गृहमत्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गर्दै गर्नु भएको सञ्चारमन्त्री बस्नेत आगामी मंसिर १० गते हुँने पहिलो चरणको निर्वाचन अन्र्तगत   प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभाको लागि   उम्मेदवार बन्नु भएको छ । सञ्चार मन्त्री बस्नेत यसअघिको संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाटै प्रत्यक्ष निर्वाचित हुनु भएको थियो ।  त्यस्तै यसपटक पनि सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल भएकाले नेता बस्नेतको जीत निश्चित जस्तै भएको छ । कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने क्षेत्र नम्बर १ मा राप्रपाले कांग्रेसका  बस्नेतलाई सघाउने भएको छ ।